भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टनको उपाधि बस्नेत र अधिकारीको जोडीलाई

by समतल अनलाइन

बुटवल । दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल बस्नेत र बिधान अधिकारीको जोडीले चुमेका छन ।

लाफा समुहको अायोजनामा अाईतबार भएको प्रतियोगिताको फाईनल खेलमा बुटवल ब्याडमिन्टल क्लबका गणेश रायमाझी र विशाल खड्काको जोडीलाई २२-२० र २१-१९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

उपाधिसंगै बस्नेत र अधिकारीको जोडीले नगद ५१ हजार १ सय ११ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन । उपविजेता रायमाझी र खड्काको जोडी नगद ४१ हजार १ सय ११, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएका छन । प्रतियोगितामा पोखराका विश्वास नेपाल र कृष्ण बस्नेत तथा तामनगरका सरल थापा र केशव कुवरको जोडी तृतिय हुँदै नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि बर्दघाटका बेल छन्त्याल र करन बिकको जोडीले हात पारेका छन ।फाईनल खेलमा बर्दघाटका बेल छन्त्याल र करन बिकको जोडीले बिरेन्द्र सिह बिष्ट र दिपक अधिकारीको जोडीलाई २२-२०, २१-१९ सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै जोडीले नगद २१ हजार १ सय ११ बाट पुरस्कृत भएका छन।

उपविजेता बिरेन्द्र सिह बिष्ट र दिपक अधिकारीको जोडी नगद नगद १५ हजार १ सय ११ मा चित्त बुझाएका छन । प्रतियोगितामा अरुणखोलाका रुद्र सुर्यवंशी र कुमार लाम्गादे तथा खैरियाका मुधु पुलामी र दिलिप पुनको जोडी तृतिय स्थान हासिल गर्दै नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।
प्रतियोगितामा लाफा समहका सुशील गिरि, रोशन कुमाल उत्कृष्ट खेलाडी तथा बर्दघाटका दिवस सुनार अनुसासित खेलाडीबाट पुरस्कृत भएका छन।

पुस ५ र ६ गते दुई दिन चलेको प्रतियोगितामा मेन्स डल्समा ६९ र भेट्रान्सतर्फ २८ टिमले भाग लिएका थिए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका, नगरप्रमुख शिवराज सुवेदी, समुहका अध्यक्ष तारासिह रेश्मीले पुरस्कार वितरण गरेका छन ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य नरेश रानाबाट भएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय भलिबल खेलाडी कुल बहादुर थापा हरि, राष्ट्रिय भलिबल खेलाडी विनय गुरुङ, खुम प्रसाद पाण्डेलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like