बुटवलको पुष्पलालचोकमा ह्याप्पी स्वीट्स सञ्चालनमा

by समतल अनलाइन

बुटवल । बुटवलको पुष्पलालचोकमा एक युवाले ३० लाख रुपैयां लगानीमा ह्याप्पी स्वीट्स (मिष्ठान्न भण्डार) सञ्चालनमा ल्याएका छन् । पुष्पलालचोक स्थित होटेल अतिथि इन रहेको भवनको पहिलो तलामा मिठाई पसल सञ्चालन भएको हो । पसलको सञ्चालक युवा व्यवसायी तनिष सापकोटा हुन् ।पसलमा मिठाईका परिकारका साथै नास्ताका परिकार, गुणस्तरीय भेजिटेरियन खाना समेत उपलब्ध गराइएको सञ्चालक सापकोटाले बताए ।

ह्याप्पी स्वीट्सले सैनामैनाको मुर्गियामा शाखा सञ्चालन गरिसकेको छ भने मंगलापुर र कपिलवस्तुको चारनम्बरमा पनि शाखा सञ्चालनको तयारी गरेको सञ्चालकले बताए । ह्याप्पी स्वीट्समा पारिवारिक वातावरणमा बसेर खाजा तथा खाना मिल्ने गरी पसलको सजावट गरिएको उनले बताए । ह्याप्पी स्वीट्सले २५ जनालाई रोजगारी दिएको छ ।

 
 
  
 

You may also like