बुटवलमा आयो नयाँ ब्लु यामाहा एक्सएसआर १५५, कालिकानगर बाइकर्जमा अवलोकन र बुकिङ गर्न सकिने

by समतल अनलाइन
26Shares

बुटवल । यामाहाको लोकप्रिय नियो–रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अब नयाँ ब्लु रङमा बुटवलमा उपलब्ध भएको छ। यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नयाँ ब्लु एक्सएसआर १५५ लाई बुटवलको कालिकानगरस्थित यामाहा शोरूम बाइकर्जमार्फत ग्राहकसमक्ष ल्याएको हो।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि क्षेत्रीय बजारमा विस्तार गरिएको यो मोटरसाइकल अब बुटवलका ग्राहकले पनि प्रत्यक्ष अवलोकन गर्न, टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन्।

रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन रहेको एक्सएसआर १५५ मा १५५ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन रहेको छ। भीभीए प्रविधियुक्त इन्जिन र ६–स्पिड गियरबक्सले सुसज्जित यो मोटरसाइकल दैनिक आवतजावतसँगै लामो दूरीको यात्राका लागि पनि लक्षित छ।

ग्राहकको मागअनुसार नयाँ रङको विकल्प थप गरिएको कम्पनीले जनाएको छ। नयाँ ब्लु एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ। नयाँ रङ र आकर्षक डिजाइनमा मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गर्दै यो भेरिएन्ट बजारमा ल्याइएको हो।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एक्सएसआर १५५ प्रति ग्राहकको सकारात्मक प्रतिक्रियासँगै नयाँ रङको माग बढेको बताउनुभएको छ। क्षेत्रीय बजारमा मोटरसाइकल उपलब्ध गराउँदा स्थानीय ग्राहकले सहज रूपमा सेवा लिन पाउने र एक्सएसआर प्रयोगकर्ताको समुदाय विस्तार हुने कम्पनीको अपेक्षा छ।

नयाँ ब्लु यामाहा एक्सएसआर १५५ को अवलोकन, टेस्ट राइड तथा बुकिङका लागि बुटवलको कालिकानगरस्थित यामाहा शोरूम बाइकर्जमा सम्पर्क गर्न सकिनेछ।

You may also like