बुटवलमा असोज २२ देखि ‘टीभीएस दसैँ मेगा एक्सचेन्ज इभेन्ट’

by समतल अनलाइन
35Shares

बुटवल । दसैँको चहलपहलसँगै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बुटवलमा टीभीएसको विशेष मेला आयोजना हुने भएको छ। बालाजी अटोमोबाइल्सले ‘टीभीएस दसैँ मेगा एक्सचेन्ज इभेन्ट’ नाममा असोज २२ देखि २८ गतेसम्म सातदिने मेला सञ्चालन गर्न लागेको हो।

भाटभटेनी बुटवलको दक्षिणतर्फ आयोजना हुने मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, एक्सचेन्ज र टेस्ट राइडका साथै विभिन्न छुट तथा उपहार योजना उपलब्ध हुने आयोजकले जनाएको छ।

जगदम्बा मोटर्सको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले दसैँको अवसर पारेर ग्राहकलाई एकै स्थानबाट सवारी छनोट र खरिदको सुविधा दिने उद्देश्यले मेला आयोजना गरिएको बताए।

उनका अनुसार मेलामा टीभीएसका विभिन्न मोडल खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, विभिन्न योजनामार्फत ‘गोल्डेन की’ जित्ने तथा १०० प्रतिशतसम्म क्यासब्याक पाउने अवसरसमेत रहनेछ।

“दसैँको अवसरमा ग्राहकलाई थप सुविधा र आकर्षक अफर उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरेका हौँ,” जैसवालले भने।

मेलाको अर्को आकर्षण पुरानो सवारीसाधनको एक्सचेन्ज योजना रहनेछ। ग्राहकले आफूले प्रयोग गर्दै आएको जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ सवारीसाधनसँग साट्न सक्नेछन्। पुराना सवारीको मूल्यांकनलाई प्राथमिकता दिँदै एक्सचेन्ज प्रक्रिया सहज बनाइएको आयोजकले जनाएको छ।

नयाँ सवारी खरिदका लागि फाइनान्स सुविधा पनि मेलामै उपलब्ध हुनेछ। नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको बताइएको छ।

स्कुटर खरिद गर्ने ग्राहकका लागि भने अतिरिक्त सुविधा राखिएको छ। खरिदकर्ताले निःशुल्क एसेसोरिज पाउनुका साथै लक्की ड्रमा सहभागी हुन पाउनेछन्। दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङको अवसर दिइने आयोजकले जनाएको छ।

विद्युतीय स्कुटर खरिदमा पनि ग्राहकले छुट पाउनेछन्। मेलाको अवधिमा इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध हुनेछ। यसबाहेक साप्ताहिक लक्की ड्रमार्फत एक जना ग्राहकले २.५ ग्रामको सुनको सिक्का जित्न सक्ने व्यवस्था गरिएको छ।

सवारी खरिद गर्ने निर्णयमा नपुगेका ग्राहकका लागि पनि मेलामा टेस्ट राइडको सुविधा उपलब्ध हुनेछ। बालाजी अटोमोबाइल्सका प्रतिनिधि शिव शर्मा पौडेलका अनुसार ग्राहकले विभिन्न मोडल चलाएर हेर्न र आफ्नो आवश्यकता तथा रुचिअनुसार सवारी छनोट गर्न सक्नेछन्। टेस्ट राइडमा सहभागीलाई उपहारको समेत व्यवस्था गरिएको उनले बताए।

बुटवलमा टीभीएसका विद्युतीय स्कुटरअन्तर्गत आइक्युब ३.० र ३.५ भेरियन्ट उपलब्ध छन्। त्यस्तै, अर्बिटर इलेक्ट्रिक स्कुटर पनि बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मेलामा पेट्रोल र विद्युतीय दुवै प्रविधिका सवारीसाधनबारे जानकारी लिन, प्रत्यक्ष अवलोकन गर्न र टेस्ट राइड गर्न सकिनेछ। त्यसैले नयाँ सवारी खरिद गर्ने, पुरानो सवारी एक्सचेन्ज गर्ने तथा पेट्रोलबाट विद्युतीय सवारीतर्फ जान चाहने ग्राहकका लागि मेला उपयोगी हुने आयोजकको अपेक्षा छ।

दसैँको अवसरमा आयोजना हुन लागेको मेलामा छुट, एक्सचेन्ज, फाइनान्स, उपहार, लक्की ड्र र टेस्ट राइडजस्ता सुविधा एकै ठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकको सहभागिता बढ्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

You may also like