देवदहमा कार र माइक्रोबस ठोक्किए, कार चालक घाइते

by समतल अनलाइन
49Shares

देवदह । रुपन्देहीको देवदहस्थित शीतलनगरमा कार र माइक्रोबस एकआपसमा ठोक्किँदा कार चालक घाइते भएका छन्।

प्रारम्भिक जानकारीअनुसार बर्दघाटबाट बुटवलतर्फ आउँदै गरेको कार शीतलनगरमा माइक्रोबससँग ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनामा कार चालक घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

You may also like