सहकारी मर्ज प्रकृयामा बहाना बाजी नचल्ने – सैनामैना नगर प्रमुख कार्की

by समतल अनलाइन

नरेश चौधरी
सैनामैना । साना किसान कृषि सहकारी संस्था लि. पर्राेहाको साधारण सभा शनिबार सम्पन्न भएको छ । सैनामैनाको पर्राेहा मा.विको प्रङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले सहकारीहरुकोे सेवा तथा ब्यवास्थपन प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

सहकारी मर्ज प्रकृयामा बहाना बाजी नचल्ने कुरा बताउदै नगर प्रमुख कार्कीले गरिबी न्युनिकरण र किसानहरुको आय आर्जनमा वृद्धि हुने खालका कार्य सहकारीले गर्नु पर्ने कुरा बताउनु भयो ।

किसान तथा सेयर सदस्यहरुको जिवन स्तर माथी उठाउने खालका योजना सहित सहकारीहरु काम गर्नु पर्ने कुरा उल्लेख गर्दै किसानको समृद्धि तर्फ काम गर्न सके मात्र सहकारी सफल हुने कुरा बताउनु भयो ।
नगर भित्र रहेका ८४ ओटा पशुपालन गर्ने फर्महरुलाई एक÷एक लाख, उन्नत जातका धान, गांहु, च्याउ, मसुरो, आलु लगायत तरकारीका विउ विजनमा ५० प्रतिशत अनुदान वितरण गरिएको कुरा बताउनु भयो । नस्ला सुधारका साथै किसानहरुलाई प्रोत्सहन गर्न निशुल्क सिमेन (कृतिम गर्भधान) वितरण गरिने बताउनु भयो ।

नगरपालिकाले पशु विमाकाका साथै परिवारीक विमाका लागि प्रोत्सहन गरिने कुरा समेत बताउनु भयो ।
संस्थाका अध्यक्ष नरेन्द्र पोख्रलले सस्थाले हाल व्यवासयिक कृषकहरुलाई संस्थाले ९ प्रतिशतमा ब्याज दिने गरेको कुरा बताउनु भयो । संस्थाले ५ हजार देखि २३ लाख सम्म क्रृण दिने गरेको कुरा उल्लेख गर्नु भयो ।
संस्थाको आर्थिक २०७६ असार सम्म कुल चुक्ता पुँजी दुई करोड तेह्र लाख बैसठ्ठी हजार तिन सय, कुल कुल बचत २३ करोड ७३ लाख ४९ हजार ८सय २४ रुपैयाँ मध्ये आर्थिक वर्ष २०७५/७६ मा ५ करोड ३ लाख २८ हजार ६ सय ३ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यमा क्रृण लगानी, ३७ करोड ९३ लाख १४ हजार २ सय २८ रुपैयाँ रहेको छ ।
संस्थाको गत आर्थिक वर्षको १ करोड, ६ लाख, ५५हजार, १ सय, ९६ रुपैयाँ मुनाफ रहेको प्रतिवेदनमा उल्लेख छ । सस्थमा हाल सम्म ३ हजार ६ सय ९३ जना सेयर सदस्यहरु रहेका छन् ।

नेपाली कांग्रेस जिल्ला उपासभापति फडिन्द्र प्रसाद शर्मा , साना किसान विकास लघुवित्त वित्तय संस्था लि. ईलाका कार्यालय वुटवलका प्रमुख कृष्ण कुमारी शर्मा, ने.क.पा नगर इन्चार्ज खुुसीराम चौधरी, संस्थाका संस्थापक अध्यक्ष तथा सैनामैना वडा नं. ५ का वडा अध्यक्ष परशुराम सपकोट,संस्थाका प्रबन्धक दिनेश घिमिरे लगाएतले साना किसान कृर्षि सहकारी मार्फत किसानको जिवन स्तर सुधारका लागि विशेष कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा पुर्व संचालक समिति सदस्यहरु, पुर्व अन्तर अध्यक्षहरु, सुर्यपुरा अन्तर समुह पदाधिकारीहरु, व्यावासयिक पशुपालन गर्ने सदस्यहरु, पुर्व लेखा समिति, पुर्व बृद्धबृद्धहरुलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like