एस बुटवल विजनेस हाउसको गोदाममा आगलागी, सवा १ कारोड क्षति अनुमान

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका ४ भुवनेश्वरी टोल स्थित एस बुटवल विजेनेस हाउसको गोदाममा आगलागी भएको छ । मुभ स्प्रे, डेटोल ह्याण्ड वास, मुभ मलम, एडिक्सन वोडि स्प्रे लगायतका सामानको गोदाममा भएको आगलागीका कारण १ करोड २५ लाखको क्ष्यती भएको संचालक सुरेश पन्थिले बताए ।

साझ साढे ७ बजेतिर भएको आगो बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ । बिद्युत सट भएर आगलागी भएको प्ररम्भिक अनुमान गरिएको घटना स्थलबाट बुलेटिन नेपालकर्मी दिनेश कुमार श्रेष्ठले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

 
 
  
 

You may also like