उपकार युवा क्लबद्वारा २० जना वृद्धवृद्वाहरुलाई सम्मान

by समतल अनलाइन

बुटवल । गुल्मीको रुरु क्षेत्र गाउँपालिका-५ बम्घा स्थित उपकार युवा क्लबले २० वृद्धवृद्वाहरुलाई गरेको छ।

गत शनिवार भदौ २२ गते क्लवको साधारणसभा तथा अधिवेशनको अवसरमा ७० बर्ष भन्दा माथिका वृद्धवृद्वाहरुलाई प्रमाणपत्र दोशल्ला ओदाई सम्मान गरिएको हो।

रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सिद्विनाथ श्रेष्ठ, बम्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारी लगायतले विगतमा क्लबले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा कदर गर्दै आगामी दिनमा पनि अझै सक्रियताका साथ समाज विकासमा सक्रिय हुन सुझाव दिए।

 
 
  
 

You may also like