गुल्मीमा खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

अनिल खत्री
गुल्मी श्रावण २३ । जिल्लाको धुर्कोट गाउँपालिका ५ टिम्मुर खर्कमा एकजना मृत फेला परेका छन । खेतमा पानी लगाउन गएका ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

घर्ती बुधवार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछी परिवार ले खोज्दै जाँदा खेतमा मृत अवस्थामा फेला पारेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको घलेले बताए ।

 
 
  
 

You may also like