प्राध्यापक डिलाराम भट्टराई प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त

बुटवल , २३ साउन । प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झाले प्राध्यापक डिलाराम भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका छन् ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ दफा ३ को उपदफा ९२० बमोजिमको सिफारिस समितिले सिफारिस गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार सिफारिस समितिले सन्धिखर्क १० अर्घाखाँचीका प्राध्यापक भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा प्रदेश लोकसेवा आयोग ऐन, २०७६ दफा ३ को उपदफा ९३० बमोजिम प्रदेश प्रमुख झाले प्राध्यापक भट्टराईलाई प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव चिरञ्जिवी पौडेलले बिहिबार जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like