होराइजन गौतमबुद्धमा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम

by समतल अनलाइन

निजी शैक्षिक संथाले राष्ट्रकै शैक्षिक नेतृत्व गरिरहेका छन : रमाकान्त तिवारी
बुटवल । होराइजन गौतम बुद्ध स्कुलमा शुक्रबार स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूद्वारा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजना गरिएको कार्यक्रममा विद्यालयका बिभिन्न प्रतियोगिता तथा वोर्ड परिक्षाका सफल विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्ड प्रदेश नं. ५ का कार्यालय प्रमुख रमाकान्त तिवारीले निजी शैक्षिक संथाहरुले सिङ्गो राष्ट्रकै शैक्षिक नेतृत्व गरिरहेको कुरा बताउनु भयो । न्यु होराइजन कलेज अन्तर्गत रहेको होराइजन गौतम बुद्ध स्कुलमा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित आचार संहिता अक्षरशः पालना गर्दै आइरहेकोमा भन्दै उहाले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रथम त्रैमासिक परीक्षा तथा बोर्ड परीक्षा कक्षा ११ र १२ बाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षामा विभिन्न विधामा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई समेत प्रमुख अतिथि, विशिष्ट अतिथि, कलेजका सहायक क्याम्पस प्रमुख गोपाल प्रसाद आचार्य, इन्द्र भुसाल, संयोजक प्रदीप अर्याल, रुद्र भुसाल, तारानाथ भट्टराई, लक्ष्मण प्रसाद गौतम लगायतले पुरस्कार प्रदान गनुभएको थियो ।

यस्तै कलेज बाहिर संचालित अन्तर्राष्ट्रियस्तरको खेलकुदमा पदक जित्न सफल खेलाडी (विद्यार्थी), जिल्ला स्तरीय, अञ्चल स्तरीय, अन्तर मा.वि. स्तरीय अतिरिक्त क्रियाकलापमा सहभागी भई जिल्ला प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विभिन्न विधाका विद्यार्थीहरुलाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा संचालित क्रिकेट, बुद्धिचाल, वक्तृता तथा कविता प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा न्यू होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, होराइजन गौतम बुद्ध स्कुलका प्राचार्य गोपाल प्रसाद आचार्य, न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्र प्रसाद भुसालले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै श्रेया लम्सालले स्वागत मन्तव्य राखेकी थिइन् । उक्त कार्यक्रममा कक्षा ११ को तर्फबाट प्रवेश आचार्यले मन्तव्य राख्दै यस क्षेत्रकै उत्कृष्ट संस्था स्वैच्छिक रुपमा छनौट गरी यस होराइजन गौतम बुद्ध स्कुलमा अध्ययन गर्न पाउ“दा निकै खुसी लागेको कुरा बताए । होराइजन गौतम बुद्ध स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधि, अत्याधुनिक शिक्षण प्रविधिको प्रयोग र यस क्षेत्रमै पहिलोपटक प्रि–इन्जिनियरिङ् र प्रि–मेडिकल कक्षाहरु समेत संचालन गर्दै आइरहेको हु“दा आफूलाई निकै खुसी लागेको कुरा बताए ।

कक्ष्ाँ १२ विज्ञान संकायमा अध्यनरत छात्रा अमिशा खनालको अध्यक्षता, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश नं. ५ का कार्यालय प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन कक्षा १२ का निराजन खरेल र मञ्जु भुसालले गर्नुभएको थियो ।

स्वागत समारोह तथा पुरस्कार वितरण कार्यक्रमको निर्देशन अतिरिक्त क्रियाकलाप विभागका संयोजक प्राध्यापक डा. मुरारि पराजुलीले गर्नुभएको थियो भने सांगितिक कार्यक्रमको संयोजन मनोज सापकोटाले गर्नुभएको थियो

 

 
 
  
 

You may also like