अमेरिकाको फ्लोरिडामा एक सन्दिग्धसहित चार जना मरिए

by समतल अनलाइन

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकोलामा रहेको जलसेनाको आधारस्थलमा एक शंकास्पद व्यक्तिसहित चारजना मारिएका छन् ।

आधारस्थलमा एउटा कक्षाकोठा रहेको भवनमा बन्दुक चलाइएको हो । सुरक्षाकर्मी घट्नास्थलमा पुगेर दोहोरो बन्दुक प्रहारपछि एक शंकास्पद् व्यक्तिलाई घाइते बनाइएको जनाइएको छ । आक्रमणकारी सहित तीन व्यक्तिलाई तत्काल मृत्यु घोषणा गरिएको प्रहरीले जनाएको छ ।

बन्दुक प्रहारबाट आठजना घाइते भएको र तत्काल बाप्टिस्ट हस्पिटलमा लगिएको थियो । आक्रमणपछि जलसेनाको आधारस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । जलसेनाको आधारस्थलमा भएको यो दोश्रो हमला हो

 
 
  
 

You may also like