सैनामैनामा वृहत स्वास्थ्य शिविर संचालन गरिने

by समतल अनलाइन

मुर्गिया । सैनामैना नगरपालिका भित्र वृहत स्वास्थ्य शिविर संचालन गरिने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ । १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा सैनामैनामा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

महिलामा देखिने स्तन, पाठेघर लगायत भित्रि अंगहरुको स्वास्थ्य परिक्षणका लागि शिविर संचालन गरिने उहाँले जानकारी दिनु भयो । कम्तिमा नगरभित्रका ७ सय जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिने गरि छिट्टै शिविर संचालन गरिने उहाँको भनाई छ ।

सैनामैनाको मुर्गिया, कलौनी, सालझण्डी र आमीमा स्वास्थ्य चौकी मार्फत नगरवासीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको कुरा बताउदै दुई महिना भित्र सैनामैनाको वडा नं. १,३,५,७,९ र १० मा थप आधारभुत स्वास्थ्य सेवा प्रवाह गरिने कुरा बताउनु भयो ।

यस आर्थिक वर्षमै वडा नं. १ मा ए ग्रेडको भवन निर्माण गरिने र अन्यमा वि ग्रेडको भवन निर्माण गरि स्वास्थ्य सेवा प्रदान गर्ने गरि गृहकार्य भैरहेको उहाँले जानकारी दिनु भयो ।

अत्याधुनिक सेवा सुविधा सहितको भवन निर्माण गरि सैनामैनामा स्वास्थ्य केन्द्र निर्माण गरिने कुरा बताउदै उहाँले भन्नु “ भवन निर्माणको टेण्डर १/२ दिन भित्रै अह्वान गरिने छ । ”

विस्तारै सबै वडाबाट स्वास्थ्य सेवा प्रवह गरिने कुरा बताउदै उहाँले भन्नुभयो –“ए र वि गरि दुई ग्रेडका भवन निर्माण गरिने छ र सैनामैना नगरवासिहरुलाई विशेष सुविधाका साथ स्वास्थ्य सेवा प्रदान गरिने छ । अहिले मुर्गियाको स्वास्थ्य चौकीमा डाक्टर सहितको सेवा प्रदान गरेका छौं, निकट भविष्यमा सलझाण्डीमा डाक्टर सहितको सेवा प्रदान गर्दैछौ । सरकारको निति अनुसार औषधि निशुल्क वितरण भैरहेको छ । स्वास्थ्य चौकीहरुमा ल्याब सेवा संचालनमा ल्यायका छौं बांकि रहेकोमा पनि विस्तारै हुने छ ।” महिला स्वास्थ्य स्वायं सेविकाहरुका लागि विमाको व्यवास्था गरिने समेत उहाँले बताउनु भयो ।

महिला स्वास्थ्य स्वायं सेविकाको भुमिका प्रति प्रशंसा गर्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले स्वास्थ्य स्वायं सेविकाहरुको सुविधाहरुलाई सम्बोधन हुने खालको योजना नगरपालिकाले बनाएको बताउनु भयो ।

स्वयंसेविकाहरुलाई कार्मचारीहरुको तर्फबाट आवश्यक सहयोग गरिने सैनामैना नगरपालिकाका प्रमुख प्रसाशकीयय अधिकृत टेकराज पन्थीले बताउनु भयो । महिला स्वास्थ्य स्वायं सेविकाहरुको भुमिका उल्लेखेनिय रहेको र उनिहरुलाई उच्च सम्मानका साथ १६ औं महिला स्वास्थ्य स्वायं सेविका दिवसको अवसरमा शुभकामना दिनु भयो ।

कार्यक्रममा सैनामैना ४ का वडा अध्यक्ष धनबहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी लगाएतले स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिनु भयो । महिला स्वास्थ्य स्वयं सेविकहरुको भुमिका प्रति सबैलाई धन्यवाद समेत दिनु भयो ।

सो अवसरमा सैनामैनाका महिला स्वास्थ्य स्वयं सेविकाहरु विन्दु चौधरी, सुमित्रा कार्की, मिना भट्टराई, रमा वस्याल, लक्ष्मी पाण्डे, लक्ष्मी घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रम सैनामैना नगरपालिकाको आयोजनामा वडा नं. ३ र ४को सभाहलमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like