मालिकाका गाउँ गाउँमा लैंङ्गिक हिंसा बिरुद्ध कार्यक्रम

by समतल अनलाइन

मनोज कार्की
 गुल्मी ।  गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गाउँ गाउँमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न गरेको छ । समानताको पुस्ता बलात्कार बिरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ यहि मङसिर ९ गते सुरु गरेको कार्यक्रमको बिहिबार वडा नं ८ मर्भुङ्ग सिमलटारीमा औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको मालिका गाउँपालिकाले जनाकारी दिएको छ ।


पछिल्लो समयमा गाउँमा देखिएका समस्या कारण गाउँपालिकाले १६ दिने हिंसा विरुद्धको अभियान कार्यक्रम अन्तरगर्त हिंसा विरुद्धको कार्यक्रम मालिका गाउँपालिकाका ८ वटै वडा र गाउँबस्तिमा पुगि कार्यक्रम संचालन गरिएको मालिका गाउँपालिकाकी उपाध्यक्ष देवा अर्याल रिजालले जानाकारी दिईन् ।

लैंङ्गिक हिंसा विरुद्धको सचेना कार्यक्रम मालिका गाउँपालिका वडा नं १ नेटा बाट मङसिर ९ गते सुरु गरि मङसिर १९ गते बिहिबार सिमलटारीमा सचेना कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकी संयोजक समेत रहेकी अर्यालले बताईन् ।
पछिल्लो समाजमा मदिरा सेवनकै कारण गाउँमा हिंसा बढ्दै सहभागिले बताएका छन् । सहभागिले सबै गाउँपालिका वडालाई मदिरा मुक्त वडा घोषण गर्न गाउँपालिकालाई सहभागिले आग्रह गरेका छन् ।


हिंसा बिरुद्धको सचेना कार्यक्रम गाउँपालिका गाउँबस्तिमा पुगि गर्दा प्रभाबकारी भएको भन्दै सहभागिले गाउँपालिका र सहजकर्ता गंगा खड्कालाई धन्यबाद दिएका थिए ।

कार्यक्रम नेटा अमर माबि , दर्लिङ्ग मा बि , च्यानडाडा ,ह्वाङदीको वडा कार्यलय र स्वास्थ्य चौकी, अर्जे ,अर्खाबाङ्ग ,छापहिले, घमिर,मर्भुङ्ग र गाउँ टोल टोलमा लैगिक हिंसा बिरुद्ध अभियान अन्र्तगतको छलफल कार्यक्रम संचालन गरिएको हो । मालिमा गाउँपालिका बाट १३ सय सहभागि भएका छन् ।

गाउँपालिकाले सहजकर्ता गंगा खड्का ,न्यायधिबक्ता शान्ती प्रसाद शर्मा लगाए कार्यक्रममा योगदान पुप्याएका ब्यक्तिलाई सम्मान गरेको छ ।

लैंगिक हिंसाका कारण समाजमा महिला बलत्कार , हत्या,हिंसा बिभेद ,हस्तक्षेप लगाएत समाजमा अपहेलीत हुनु परेका कारण समाज रहेका सबै नागरिक पछि पर्दै गएको र यस कार्यक्रम प्रश्चात् कसैलाई पनि यस्ता समस्याहरुमा अल्झिन नर्पेने कार्यक्रम प्रमुख अतिथि तथा मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

हिंसा बिरुद्धको कार्यक्रम गाउँपालिकामा गरेपछि सबैमा चेतना फैलने र यस्तो किसिमको कार्यक्रम बाट गाउँपालिकामै सकारात्मक सन्देश जाने गाउँपालिकाका अध्यक्ष थापाले कार्यक्रममा प्रतिबद्धता ब्यक्त गरे ।

जिल्लामा लैगिक हिंसाकै कारण बालबिबाह ,बहुबिबाह, लगाएतका समाजमा हुने सामाजिक अपराधका कार्यक्रम गरेमा कसैलाई पनि कानुनले नछोड्ने समापन कार्यक्रमका बिशेष अतिथि तथा जिल्ला सरकारी वकिल कार्यलय गुल्मीका न्यायधिबक्ता शान्ती प्रसाद शर्माले बताए । न्ययाधिबक्ता शर्माले हिंसा गर्ने ब्यक्तिलाई हुने कार्बाहि र गरेमा सम्बन्धित निकायमा उजुरी गरेमा न्याय पाउने पनि सकिने जानाकारी गराए ।

लैङ्गिक हिंसाको बिरुद्धको समापन कार्यक्रममा वडा अध्यक्ष टिका बहादुर जिसि स्वास्थ्य चौकि इन्र्चाज हेम पौड्याल ,जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिबी ,बिधार्थी, शिक्षक शिक्षिका , सुरुक्षाकर्मि लगाए वडाका नागरिकको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like