सुशासन सम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ को सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

प्रदेश सभाको प्रदेश मामिला तथा कानून समितिमा विधेयकमाथि बिहिबार देखि दफावार छलफल सुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव टेकनारायण पाण्डे र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव संकर प्रसाद खरेलको उपस्थितिमा समितिले विधेयकमाथि दफावार छलफल गरेको हो ।

समितिका सभापति दामा कुमारी शर्माको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य भोज प्रसाद श्रेष्ठ,रमा अर्याल,खड्ग बहादुर खत्री,सरस्वती गौतम,भगवती देबी भण्डारीले विधेयकका केहि दफामा भएका अस्पष्टताबारे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवसँग जिज्ञासा राखेका थिए ।

आज बसेको बैठकमा ५६ दफा मध्ये विधेयकको ३३ दफामाथि दफावार छलफल सकिएको समितिका सचिव सिता घिमिरेले जानकारी दिइन् । अब बस्ने समितिको बैठकले विधेयक पारित गर्न सक्ने समितिका सभापति शर्माले बताइन् ।

 
 
  
 

You may also like