श्रीमद भागवत रस महोत्सव समापन

by समतल अनलाइन
 प्रिया अधिकारी 
कञ्चन  । रुपन्देहीको कञ्चन गाउँपालिका रामनगर प्रगति टोल मनकामना दुर्गा मन्दिरमा १३ गते देखी सञ्चालन भएको श्रीमद भागवत रस महोत्सव आज समापन भएको छ। मंसिर १३ गते कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्घाट्न गरेको महोत्सव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल सुब्बा थापा क्षेत्रीको अध्यक्षतामा भएको थियो।
प्रमुख अतिथिका रूपमा रहुनु भएका प्रदेश न:५माननीय सामसद भुमिश्वर ढकालले यहाँ मन्दिर बनाउने सपना पुरा होस भनी शुभकामना दिनुका साथै आफुले रामनगर र कञ्चन बासीलाई मन्दिर निर्माण गर्न तथा पर्यटन विकासलाई अगाडि बढाउन आफुले सदैव सहयोग र समर्थन गर्ने प्रतिबद्धता दिनु भयो। मंसिर १३गते देखि सञ्चालन भएको महोत्सव आज विभिन्न कार्यक्रम सहित भक्ती वाचन अन्त्य भए पनि रात भरी भक्तीसंगीत र स्थानीय बाजागाजामा भजन रहने छ।
विभिन्न तवरबाट सहयोग गर्ने सहयोगी मनहरुलाइ सम्मन गरिएको थियो। स्थानीय बाजागाजा र भक्तीसंगीत र पुजा पाठमा भक्तालु जनको उत्साह पुर्ण सहभागीता रहेको थियो। अन्दाजी २१०सहयोगी मनहरु बाट ५लाख बराबरको रकम संकलन भएको आयोजकले जनाएको छ।
पितृ उद्द्दार तथा मन्दिर निमाणार्थ सञ्चालन गरिएको महोत्सवमा कञ्चन जेसिजका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार चुडामणि पौडेल ,वडा न:१वडा अध्यक्ष हरिनारायण थारु ,माता विस्णु कुवर आदिले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्दिर व्यवस्थापन समितिका आर्थिक संयोजक केजि कुमार पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम जेसि राजन पौडेलले सञ्चालन गर्नु भएको थियो। भने भोली विहान ९ बजे फुलपाती सेलायर महोत्सव समाप्त हुने आयोजक टिमले जानकारी दिएको छ।
 
 
  
 

You may also like