गुल्मी इस्माकी पुजा ३ हप्तादेखि सम्पर्कबिहिन

by समतल अनलाइन

हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीमा एक युवती १८ दिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल जाउनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्क विहिन भएकी हुन् ।

मंसिर १ गते आइतबार बिहान घरबाट हिडेकी उनी सोहि दिन साँझबाट नै सम्पर्कविहिन भएको परिवारले जनाएको छ । छोरी सम्पर्कविहिन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरी चौकी, इस्मामा उजुरी पनि दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन् ।

पुजाले इस्मा गाउँपालिका ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि खोजि गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पुजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

यससम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि एकजनालाई नियन्त्रणमा लिएपनि कुनै प्रमाण जुट्न नसकेपछि सामान्य तारेखमा छुटाएको छ ।

 

 
 
  
 

You may also like