गुल्मीमा २८ दिनदेखि वेपत्ता भएको एक जनाको शव जंगलमा फेला

by समतल अनलाइन

बुटवल।कात्तिक २१ गतेदेखि हराइरहेका मालिका गाउँपालिका-६ अर्जेका ४२ वर्षीय नारायण पराजुलीको शव जंगलमा फेला परेको छ।

पराजुलीको शव मालिका गाउँपालिका-६ आरुपाटा जंगलको भीरमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए। घलेका अनुसार शवलाई स्थानीयले बुधबार साँझ करिब ७ बजे देखेर प्रहरीलाई खबर गरेका थिए।

रातको समय भएकाले जंगलको भीरमा जान नसक्ने भएकाले बिहीबार बिहान मात्र शब निकाल्ने तयारी भएको उनले बताए। घटनाको बारेमा बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 
 
  
 

You may also like