बुटवलमा पहिलो पटक साहित्य पुस्तक प्रदर्शनी हुदै

by समतल अनलाइन

बुटवल । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गर्ने भएको छ । यही २० गतेदेखि २२ गतेसम्म बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गरिदै छ ।

तिन दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य क्षेत्रका पुस्तकहरु प्रदर्शन गरिने प्रलेस रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पुस्तक पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु नराखिने प्रलेसका अध्यक्ष दलबहादुर गुरुङले जानकारी
गराउनुभयो । पठन संस्कृति हराउंदै कमजोर हुंदै गएकाले नयां पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताउनुभयो ।

पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहने छ । यस क्षेत्रको साहित्य, कला,संस्कृति र संङ्गीतको वर्तमान र भविश्यबारे छलफल गरिने छ ।

साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तकहरु विक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् । पुस्तक प्रदर्शनी सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी तयारी पुरा गरिएको छ । प्रदर्शनीको पहिलो दिन साहित्य। कला, संस्कृतिबारे प्रदेश पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले धारणा राख्नुहुने छ । संस्कृति र साहित्यको अन्तरसम्बन्धबारे घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य विषयमा डाक्टर राजेन्द्र खनाल र पठनक संस्कृतिको विषयमा जंगबहादुर शाहाको प्रस्तुती रहने छ ।

दोस्रो दिन सहरको सभइता, समकालिन साहित्यमा प्रगतिशीलता, श्रष्टा, साधना सिर्जनात्मक उत्तरदायित्व र बुटवलको ऐतिहांसिकताबारे लेखक साहित्यकारहरुको प्स्तुती रहेको छ । त्यस्तै तेश्रो दिनको कार्यक्रम अन्तर्गत रुपन्देहीको कला साहित्य यात्रा, बालसाहित्य र अभिभावक, लोकगीतमा नारी चेतना, बुटवलको कला साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल लगायतका विषयमा पनि साहित्यक बहस तथा अन्तरक्रिया गरिने छ ।

प्रदेश पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त पुस्तक प्रदर्शनी उद्घाटन गर्नुहुने कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रिय अध्यक्ष जिवेन्द्रनाथ गिरीको सहभागिता रहने छ ।

 
 
  
 

You may also like