अपाङ्ग दिवशमा युवाहरुको सक्रियता:न्यानो माया वितरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। अपाङ्ग दिवसको अवसरमा स्टार्ट १८ स्टार्स टिमद्वारा न्यानो माया वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलको देविनगर स्थित नेपाल अपाङ्ग आश्रममा भएका बालबालिकाहरुलाई जाडो महिनामा लगाउने कपडाहरु वितरण गरेको टिमका अध्यक्ष केशब पराजुलीले बताउनु भयो।

समाजमा रही सकेपछि युवाहरुको गर्ने काम समाज सेवा पनि रहेकाले अपाङ्ग दिवस पारेर केहि सहयोग गर्न पाउदा खुशी ब्यक्त गर्नुभयो ।

टिमका अध्यक्ष केशब पराजुलीको अध्यक्षता र अतिथिहरु युवराज बन्जाडे , मोहित थापा , पुकार न्यौपाने र डोल बहादुर रामधाम रहेका थिए भने कार्यक्रमको सन्चालन आस्था खत्रीको रहेको थियो।

 
 
  
 

You may also like