बाग्लुङ जिप दुर्घटना : घाइतेको उद्दार गर्न पूर्वमन्त्री विष्ट हेलिकप्टर लिएर बागलुङ पुगे

by समतल अनलाइन

बाग्लुङ । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका लागि पूर्वमन्त्री गोकर्ण विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका छन ।

पूर्वमन्त्री विष्ट बुटवलको कार्यक्रम छोडेर बागलुङ उद्दारका लागि हेलिकप्टर लिएर पुगेका हुन । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको निधन भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् ।

गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । अहिले बेपत्ताको खोजी र थप उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तीनजना गम्भीर घाइते भएकोमा पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं ल्याएका छन् ।

 
 
  
 

You may also like