298
काठमाडौं । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उहाको अन्त्येष्टि गरिएको हो । उहाकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार पूरा गनुृभयो ।
अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित रहनुभएको थियो। यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो ।
भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको थियो ।