कपाल झर्छ ? चिन्ता नलिनुस्, रोक्ने उपाय छ

by समतल अनलाइन

कपालले मानिसको सुन्दरतामा निखार ल्याउँछ । सर्लक्क परेको कपाल भएका मानिसहरुको व्यक्तित्व नै आकर्षक देखिन्छ ।

त्यसैले कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत पनि गर्ने गर्छन् । तर कहिलेकाँही अन्य कारणहरुले पनि कपालको समस्या निम्तन सक्छ ।

सरसफाइमा ध्यान दिन सकिएन भने कपाल राम्रो हुँदैन जसले तपाईंको लुक्समा पनि फरक पार्छ ।त्यस्तै आजभोली सरसफाइमा ध्यान दिँदादिँदै पनि कपाल झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ ।

हालसालै गरीएको एक अध्ययन अनुसार, दैनिक करीब १०० वटा कपाल झर्नु सामान्य कुरा हो तर, तपाईंलाई त्यो भन्दा धेरै झरेको जस्तो लाग्छ भने त्यो चाहि चिन्ताको कुरा हो ।

यदी कपाललाई प्राकृतिक तरीकाले हेरचाह गर्यौं भने कपाल झर्ने, कम उमेरमै कपाल फुल्ने, चाँया पर्ने जस्ता कुराबाट बच्न सकिन्छ । सहि तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला पुरुषलाई कपालको समस्या सताएको पाइन्छ ।

यदी तपाईंमा पनि कपालको विभिन्न समस्या छन् र तपाईं त्यसबाछ मुक्त हुन चाहनुहुन्छ भने निम्न टिप्सको पालना गर्नुहोस् ।

यस्ले तपाईंको कपाल झर्ने र कपालको अन्य समस्यालाई रोक्न सक्छ ।

धेरै स्याम्पु नलगाउने
यदि तपाईले नियमित रुपमा एन्टी ड्यान्ड्रफ स्याम्पु लगाएर नुहाउने गर्नुहुन्छ भने त्यसलाई रोकिदिनुहोस् । एन्टी ड्यान्ड्रफ स्याम्पु धेरै समयसम्म प्रयोग गर्दा त्यसले तपार्इंको कपाल लाई कमजोर र टाउकोको छाला चिल्लो बनाउँछ जस्ले गर्दा त्यस ठाउँमा फेरी कपाल पलाउदैन । त्यसैले यसको प्रयोग महिनाको एक पटक मात्र गर्नुहोस् ।

विभिन्न किसिमका रंग नलगाउने
आजभोलीका युवायुवतीहरुमा फेसनेवल र स्टाइलिस देखिनको लागि महिनैपिच्छे कपालमा फरकफरक रंग लगाउने ट्रेन्ड देख्न सकिन्छ । तर, तपाईं आफ्नो कपाल सुन्दर र स्वस्थ बनाउन चाहनुहुन्छ भने कपाललाई महिनामा धेरै पटक कलर नगर्नुहोस् ।

एक पटक कलर लगाएपछि २ देखि ३ महिनासम्मको अन्तर राख्नुहोस् किनभने तपाईंले जति कम केमिकल प्रयोग गर्नुहुन्छ त्यती कपालले प्राकृतिक स्वच्छता पाँउछ जसकारण तपार्इंको कपाल बलियो हुँदै जान्छ ।

स्ट्रेट गर्नाले कपाल खराब हुन्छ
अक्सर महिलाहरुले पार्लरमा एकै समयमा कपाललाई स्ट्रेटनिंग र कलरिंग ट्रिटमेन्ट गरीरहेको देख्न सकिन्छ तर तपाईं आफ्नो कपाल साँच्चै नै राम्रो होस भन्ने चाहनुहुन्छ भने यस्तो नगर्नुहोस् ।

कम्तिमा एक ट्रिटमेन्ट बाट अर्को ट्रिटमेन्ट गर्दा चार साताको फरक राख्नुहोस् र आफ्नो खानामा पनि भिटामिन एच ( अन्डाको सेतो भाग, केरा र हरियो सागपात ) पर्याप्त मात्रामा समावेश गर्नुहोस् । यसले तपाईंको कपालको प्रतिरोधक क्षमता बढाउँछ ।

कपाल सुके पछि मात्रै कोर्ने

अफिसको हतारले गर्दा धेरै मानिसले नुहाउना साथ काईयोले कोर्ने गर्नुहुन्छ तर, यो बानी राम्रो होइन । त्यसैले कपाल पुर्णरुपमासुकेपछी मात्र काईयो लगाउने गर्नुहोस् ।

माइल्ड स्याम्पुको प्रयोग
कडा केमिकलयुक्त स्याम्पु भन्दा मध्यमखालको माइल्ड स्याम्पु प्रयोग गर्न राम्रो हुन्छ । त्यसैले नुहाउँदा कपाल लाई सधै माइल्ड स्याम्पुले नै धुने गर्नुहोस् ।

कहिल्यै पनि हेयर स्टाइलिंग जेल वा स्ट्रेटनिंग क्रीम को धेरै उपयोग नगर्नुहोस् । यदी तपाईंले प्रयोग गरी हाल्नु भयो भने १० दिन सम्म आफ्नो खानामा प्रोटिन धेरै समावेश गर्नुहोस् ।

लामो कपाल बाध्ने
यदि तपाईंको कपाल लामो छ भने त्यसलाई बाँधेर राख्नुहोस् । कपाललाई कसिलो बनाएर नबाध्नुहोस् । सुत्ने समयमा कपाललाई की त खुल्ला छोड्नुहोस् की हल्का बाध्नुहोस् । हेयरपिनहरुको धेरै उपयोग नगर्नुहोस् ।
नियमित कपाल काट्नुहोुस्
सामान्यतया पुरुषले हरेक महिना कपाल काट्छन् भने स्त्रीले २÷३ महिनामा कपाल काट्ने वा ट्रिटमेन्ट गर्ने गर्छन् । कपाललाई राम्रो बनाउनको लागि नियमित कपाल काँटछाँट गर्ने गर्नुपर्छ ।

कपालको स्पा गर्नुहोस्
क्पालको स्पा गर्नु एउटा राम्रो विकल्प हो । यसले कपाललाई स्वस्थ र मजबूत बनाउछ । यदी कपाल लाई स्टे«टनिंग थेरापी अथवा केराटिन गरेको छ भने पावरडोज स्पाको आनन्द लिनुहोस् । ट्रिटमेन्ट आधा मात्र गरेको छ भने नर्मल हेयर स्पा पनि गर्न सकिन्छ ।

हेड रोलर्सको प्रयोग धेरै नगर्ने
कपाललाई कर्ली बनाउन रातभरी हेड रोलर्स राखेर नछोड्नुहोस् । तपाईं को कपाल मा त्यसको अधिकतम समय ३/४ घन्टा मात्र हुन्छ । धेरै समय राख्दा तपाईको कपाल रोलर्समा फसेर टुट्छ र कपाललाई कमजोर बनाउछ ।

नियमित व्यायाम
नियमित व्यायामले शरीरमा रक्त संचार बढ्छ र टाउकोसम्म अक्सिजन पर्याप्त मात्रा मा पुगेको हुन्छ जस्ले कपाल झर्न कम हुन्छ । स्वस्थ रहनको लागी दिनमा १५–३० मिनेट व्यायाम गर्नुपर्छ ।

त्यस्तै दिनमा आठ—दश गिलास पानी पिउनु पर्छ । यसले पाचन क्रिया मात्र राम्रो नभएर हाम्रो अनुहारलाई ताजा र कपाललाई पनि स्वस्थ बनाउछ ।

कपाल किन झर्छ ?
महिलाहरुको कपाल झर्ने समस्यालाई फिमेल ‘प्याटर्न बाल्डनेस’ भनिन्छ भने पुरषको यस्तो समस्यालाई मेल प्याटर्न बाल्डनेस भनिन्छ । फिमेल प्याटर्न बाल्डनेस कपाल झर्ने आनुवंशिक समस्या हो जसमा कपाल क्रमिक रुपमा पातलो हुँदै जान्छ ।

त्यस्तै पुरुषमा तालु खूईलिनुको कारण अक्सर आनुवंशिक हुन्छ । त्यस्तै धेरै जसो मानिसमा भारी तनावको कारण पनि उनीहरुको धेरै कपाल झरेको पाइन्छ ।

यति मात्र नभएर आजकाल युवतीहरुले कपाल सुकाउनको लागि हेयर ड्रायरको मद्दत लिन्छन् यसले पनि धेरै कपाल झार्ने गर्छ ।

त्यस्तै कपाल कर्ली बनाउने ट्रिटमेन्ट, जंक फूडको सेवन र खानामा पोषणको कमी पनि कपाल झर्ने समस्याको कारण हुन सक्छ ।

 
 
  
 

You may also like