अव होटल रेष्टुरेण्टमा तीजका कार्यक्रम गर्न र दर खान नपाइने

बुटवल साउन २२ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका कार्यक्रम होटल र पाटी प्यालेसमा गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै तीजको दर खाने नाममा अहिलैदेखि होटल र पाटीप्यालेस बुकिङ गर्न सुरु गरीसकेको जानकारी आएको भन्दै होटल रेष्टुरेण्टमा दरखाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनि प्रदुषण हुने कार्य नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भरत शमौद्धारा हस्ताक्षरित सुचनामा तीजको मौलिकता माथि आच आउनेगरी फजुल खर्च, तडक भडक, गहना प्रदर्शन र सांगेतिक कार्यक्रमका नाममा ध्वनी प्रदुषण गरी होटल एवं रेष्टुरेण्टमा हुने दरखाने कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलिक चाडको मौलिकता र सुरक्षा माथि थप चुनौती थपिएको उल्लेख छ ।

तीजमा हुने विभिन्न किसिमका विकृती,विसंगती नियन्त्रण गर्नका लागि प्रशासनले उक्त कार्य गर्ने र गराउनेलाई कानूनी कार्बाही गरिने जनाएको छ ।

 
 
  
 

You may also like