क्यानले आईटी पढने ४९ बिद्यार्थीलाई १ करोड ८५ लाखको छात्रवृति दिने

स्वस्तिक श्रेष्ठ
बुटवल साउन २२ । आईटीमा अध्ययन गर्ने चाहना भएका विद्यार्थीहरुलाई लक्षित गरि कम्युटर एशोसियसन नेपाल महासंघले छात्रवृतिको कार्यक्रमलाई निरन्तरता दिएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित गतवर्ष ३३ जनालाई छात्रवृति दिएको क्यानले यसवर्ष ४९ जनालाई छात्रवृति दिने भएको हो ।
आज बुटवलमा पत्रकार सम्मेलन गरि क्यानका उपाध्यक्ष रामुदेव गौतमले यसवर्ष ४९ जनालाई १ करोड ८५ लाख ३६ हजार बराबर रकमको छात्रवृति प्रदान गरिने बताउनु भयो । प्रत्येक प्रदेशबाट ४ जना दरले २८ जना छात्रालाई पूर्ण छात्रवृति र आइसीटी मेरिट स्कलर्ससिप प्रत्येक तीन जनाका दरले २१ जनालाई आशिक छात्रवृति प्रदान हुने छ । मलेशियाको एसिया प्यासेफिक युर्निभिसिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तरगत बिएससी आईटीको अध्ययन गर्न पाउने छन ।
लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले क्यानमार्फत समृद्धि, सरस्वती, संस्कृति, शक्ति, साथी गरि पाच प्रकारका स्कलरसिप दिईने बताउनु भयो । नेपाल सरकारको मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु सो सरह अध्ययन गरेको देशका कुनै पनि विद्यार्थीले आवेदन दिन सक्ने उहाले बताउनु भयो । साउन ३२ गते फर्म भर्ने अन्तिम दिन रहेको उहाले जानकारी दिनुभयो ।
क्यानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज कुवरले गतवर्षबाट छात्रवृति शुरु गरेको भएपनि केही कठिनाई आई परेको बताउनु भयो । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित दिईएको छात्रवृतिसंगै काठमाण्डौ बस्नुपर्ने र खर्च बढी हुदा विद्यार्थीहरुलाई समस्या भएको उहाले बताउनु भयो । सरकारबाट समेत यसमा योगदान दिने गरि अब सुधारसहित योजना ल्याएको उहाले बताउनु भयो ।

 
 
  
 

You may also like