अन्ततः बढी शुल्क फिर्ता गर्न तयार भए मेडिकल कलेज सञ्चालक

by समतल अनलाइन

काठमाडाैं । विद्यार्थीबाट बढी शुल्क लिएका मेडिकल कलेजहरूले शुल्क फिर्ता या समायोजन गर्न तयार भएका छन् ।

मंगलवार शिक्षा मन्त्रालयमा राति अबेरसम्म शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग गरेको छलफलमा कलेज सञ्चालकहरूले बढी उठाएको रकम फिर्ता गर्न तयार भएका हुन् ।

सरकारले दिएको अल्टिमेटम पूरा हुन केही मिनेट बाँकी हुँदा मेडिकल कलेज सञ्चालकहरू आफूले विद्यार्थीबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न तयार देखिए ।

बैठकमा दुई बुँदे निर्णय पनि गरिएको छ । जसमा कलेज संचालकहरूले सरकारले तोकेको शुल्क कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

बैठकले बुधवारबाट नै बढी लिएको शुल्क फिर्ता गर्ने प्रक्रिया चाल्ने निर्णय गरेको हो ।

बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासनमा उजुरी दिन सकिने निर्णय सरकारले गत वर्ष नै गरेको थियो ।

गण्डकी मेडिकल कलेज, नोबेल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज लगायतका मेडिकल कलेजले बढी शुल्क लिने गरेको आरोप विद्यार्थीहरूले लगाउँदै आएका छन् । कतिपय मेडिकल कलेजमा विद्यार्थीले चरणबद्ध आन्दोलन समेत गर्दै आएका छन् ।

हेर्नुहोस् निर्णय –

 
 
  
 

You may also like