बाला चतुर्दशी पर्व ; कालमोचनमा अखण्ड किर्तन कार्यक्रम सम्पन्न,

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना ।आफ्ना पितृहरुले मोक्क्ष प्राप्ति गरुन् भनी मनाईने बाला चतुर्दशी पर्व सैनामैनामा पनि बिशेष कार्यक्रम गरि मनाईएको छ । सैनामैना ६ कलौनीमा अवस्थित कालमोचन शिवालय मन्दिरको आयोजनामा सोमबार बाला चतुर्दशी पर्व बिशेष १२ घण्टे अखण्ड किर्तन कार्यक्रम सम्पन्न भएको हो ।

सैनामैना नगरपालिकामै प्रथम पटक अखण्ड किर्तन गाउँदै र नाच्दै आज बाला चतुर्दशी पर्व मनाईएको थियो । यस भन्दा पहिले यस्तो कार्यक्रम सैनामैनामा नहुने नहुँदा काठमाडौंको श्लेमान्तक वनमा गएर सत् बिउ छर्ने गरेकोमा अहिले कामोचन मन्दिर परिषदमा नै सत् बिउ छर्ने वातावरण मिलाएको मन्दिर ब्यवस्थापन समिति सचिव खजराज भट्टराईले बताउनुभयो ।

उँहाले गत शिबरात्रीमा कालमोचन शिवालय मन्दिरमा १०८ शिबलिङ्ग स्थापना गरेको जानकारी दिदैँ आउदो शिबरात्री पर्वमा बिशेष कार्यक्रम गरिने जानकारी दिनुभयो । बाला चतुर्दशीमा सत् बीउ छर्नाले आफ्ना पितृले मोक्क्ष प्राप्ति गर्न परम्परागत विश्वास रहदैँ आएको छ । यस चतुर्दशीमा सत् बीउ छर्ने , भजन किर्तन परम्परा रहेकोले धर्म , संस्कृति , परम्परा बचाउने उद्देश्यले कार्यक्रम गरेको भट्टराईले जानकारी दिनुभयो ।

उहाँले अखण्ड किर्तन तथा सत् बीउ छर्ने कार्यक्रम तन , मन र धनले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि उल्लेखनीय साथ र सहभागिताको लागि समस्त भक्तजन प्रति आग्रह गर्नुभयो ।

 
 
  
 

You may also like