भारतिय विस्तारबाद तथा दुई तिहाई सरकारका बिरुद्ध मुर्गियामा प्रर्दशन

by समतल अनलाइन

सैनामैना। नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिबासी जनजाती संघले भारतिय विस्तारबाद तथा दुई तिहाई सरकारका बिरुद्ध आज रुपन्देहीको सैनामैनामा बिरोध प्रर्दशन गरेका छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीको उपस्थितीमा आयोजना गरिएको बिरोध प्रर्दशन सैनामैनाको मुर्गिया बजार परिक्रमा गरि लुम्बिनी गेट अगाडी कोणसभामा परिणत भएको थियो ।

सयौंको सख्यामा उत्रिएका नेपाली कांग्रेसका नेता कार्यकर्ताले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो’, ‘भारतीय सेना नेपाल छोड’ लगायतका नारा लगाएका थिए । काणसभामा बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले देशको सुरक्षा गर्न नसक्ने सरकारलाई डाँडा कटाउनु पर्ने बताउँनु भएको छ ।

भारतले देशको सीमा मिच्दा समेत बोल्न नसक्ने सरकारको खोक्रोराष्ट्बाद उदाङ्गो भएको उँहाले आरोप लगाउनुभयो । देशभक्ति देखाएर दुई तिहाईको बहुमत ल्याउँन सक्ने कम्युनिष्टले अहिले लुपुलेक कालापानी , लिम्यिाधुरामा भारतले सीमा मिचेर आफ्नो सेना राख्दा समेत एक शब्द बोल्न नसकेको ओली सरकारले देशको रक्षा गर्न नसक्ने भण्डारीले आरोप लगाउँनुभयो ।

देश गुमाउँदा समेत सरकार एक शब्द बोल्दैन उँहाले प्रश्न गर्दै भन्नुभयो हामीसँग सेना छ प्रहरी छ , ख्योईत सिमाको रक्षा भएको ।

नेताको घरमा पर्खाल उठाएर बन्दुक ताकेर सुरक्षा दिन के सेना प्रहरी राखेको हो कांग्रेस नेता भण्डारीले आक्रोश पोख्दै भन्नुभयो ।
नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले सरकारले नेपाली सेनालाई लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमानामा भारतले आफ्नो नक्सा नसच्चाउँदा र नेपाली भूमिबाट सेना र्फिता नगर्दा सम्म आफुहरुको बिरोध प्रर्दशन जारी रहने उँहाले बताउँदै सरकारले सिमा समस्या सामाधानको लागि छिटो पहल गर्नु पर्ने बताउँनुभयो ।

त्यस्तै सविंधानसभाका पुर्व सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनु पर्ने सबै राजनीतिक दलले भनिरहँदा समेत सरकारले कुनै कदम चाल्न नसक्नु दुखद भएको बताउँनु भएको छ । सफथ ग्रहण पछि भारत पुग्ने सरकार सीमा मिचिदा समेत कुटनीतिक पहलको लागि भारत जान नसक्नु सरकारको मुख्य कमजोरी रहेको औल्याउँनुभयो ।

नेपाल महिला संघ रुपन्देही की सभापति गंगा शाहीले भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि देखाउँदा नेपालीको आत्मा दुखेको बताउँदै बिर नेपाली आमाका सन्तानले सहन नसक्ने बताउँनुभयो । नेपाली कांग्रेस नगर सभापति रामप्रसाद अधिकारीले ओली सरकारले देशमा मुल्य बृद्धि गराएर नेपाली जनताको डाढ सेक्ने काम मात्र गर्न सकेको आरोप लगाउँनुभयो ।

नेपाल राष्ट्रिय मगर संघ जिल्ला सभापति मिलन थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य रामबली चौधरीले धन्यबाद ज्ञापन गर्दै सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा , सचिब रामकृष्ण खाँड , बुटवल नगरसभापति खेलराज पाण्डेयको समेत उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like