लुम्बिनी वाणिज्य क्याम्पसमा पूँजीबजार प्रबद्र्धन कार्यक्रम

by समतल अनलाइन

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आईतवार पूँजीबजार प्रबद्र्धन कार्यक्रम अन्र्तगत पूँजीबजार सम्बन्धमा अन्तरक्रिया भएको छ ।

नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से)को मुख्य आयोजना तथा लुम्बिनी वाणिज्य क्याम्पसको सहआयोजनामा भएको कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पस एमविए–विएफ दोश्रो सेमेष्टरमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं. ५, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले पूजीबजारको प्रवद्र्धनात्मक कार्यक्रमले विद्यार्थीहरुको ज्ञान अभिवृद्धि गर्नमा महत्वपुर्ण योगदान रहने बताउदै विद्यार्थीहरुको सक्रियता पूजीबजारमा बढाउन र यसमार्फत समग्र प्रदेश र राष्ट्रकै आर्थिक विकासमा टेवा पु¥याउन पनि यस प्रकारको कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले वर्तमान आर्थिक विकासमा देशले अबलम्वन गरेको समृद्ध नेपाल बनाउनमा पँुजीवजार प्रबद्र्धन जस्तो समय सान्द«र्भिक बिषय बस्तुमा राष्ट्रका संबाहक बिद्यार्थीहरु बीच कार्यक्रम गरिनु सकारात्मक रहेको बताउदै लुम्बिनी वाणिज्य क्याम्पसलाई सहआयोजक बनाईएकोमा आभार प्रकट गरे ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द«्र सिङ साउदले स्वागत मन्तव्य राख्दै वर्तमान परिवेशमा पूँजी बजारमा विद्यार्थीहरुको सक्रिय सहभागिता अपरिहार्य रहेको हुँदा सो को बारेमा देशव्यापी प्रवद्र्धनात्मक कार्यक्रम नेप्सेले चलाईरहेको बताए ।

नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले हालसम्मको पूँजीबजारमा बिद्यार्थीहरुको उपस्थिति न्युन रहेकोले सो उपस्थितिलाई व्यापक बनाउनको निमित्त यसप्रकारको कार्यक्रम अभियानका रुपमा सञ्चालन गरेको बताए ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नेपालको पूँजीबजार शहर क्षेत्रमा मात्र केन्द्रीत भएको र यसलाई देशका विभिन्न भागहरुमासबैको समान किसिमको पहुचका लागि यो अभियान अत्यावश्यक रहेकोले नेपाल धितोपत्र बोर्डले पनि यो अभियानमा एक भएर अगाडि बढेको बताउदै लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुमा पूजीबजार शिक्षाको विस्तृत ज्ञानको लागि चरणवद्धरुपमा यस प्रकारको कार्यक्रम गर्नका लागि सुझाव दिए ।

कार्यक्रमको अध्यक्षता गरेका लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले विद्यार्थीहरुमा पूँजीबजारप्रतिको चासो बढ्दै गएकोले यस्ता कार्यक्रमका लागि नेपाल स्टक एक्सेन्ज लिमिटेडसंग सहकार्य गरिएको बताए । यो पहिलो चरणको कार्यक्रम रहेको बताउदै उनले क्याम्पसका सम्पुर्ण तहका विद्यार्थीहरुका लागि क्रमशः यि कार्यक्रम चरणवद्धरुपमा सञ्चालन गर्न लागेको उनले बताए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द« श्रेष्ठको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संयोजन एमविए–विएफ कार्यक्रम निर्देशक माया आचार्यले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी ओजस्वी पंगेनीले गरेका थिए ।

 
 
  
 

You may also like