कार्यकक्षबाटै घुससहित समातिए लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल

by समतल अनलाइन

बुटवल। रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

तिबारीले स्थानीय व्यापारीसँग कार्यालय कमिसन मागेका थिए । सोही सूचनाको आधारमा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 
 
  
 

You may also like