अन्तर्राष्ट्रिय दण्डहिनता विरुद्धको दिवसमा पत्रकार र मानवअधिकारकर्मीकाे र्याली तथा काेणसभा

by समतल अनलाइन

बुटवल । विश्व अन्तर्रा्ष्ट्रिय दण्डहिनता विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५, महासंघ रुपन्देही शाखा र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको संयुक्त आयोजनामा सचेतना र्याली सम्पन्न भएको छ ।

पत्रकार महासंघ रुपन्देही शाखाको कार्यालय प्राङ्गणबाट सुरु भएको र्याली जेसीस चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकमा अझै पनि दण्डहिनता काएम रहेकोमा चिन्ता व्यक्त गरे ।

दश वर्षसम्मको गृह युद्ध, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका आन्दोलन र द्वन्दका पिडितहरुले अझै पनि न्याय नपाएको कुरा उल्लेख गर्दै उनले समृद्ध मुलुकका लागि मानव अधिकारको सुनिश्चितता र शान्ति आवश्यक रहेको बताए ।

कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले मानव अधिकार तथा शान्तिका बारेमा कलम चलाउन आग्रह गरे ।

 
 
  
 

You may also like