सैनामैनाको नगर यातायात गुरुयोजना सर्वसम्मत पारित

by समतल अनलाइन

सैनामैना । बढ्दो शहरीकरण संगै पुर्वाधार विकासलाई सैनामैना नगरपालिकाले तिव्रता दिएको छ । पुर्वाधारको मेरुदण्डको रुपमा रहने बाटोलाई उच्च प्राथमिकताका साथ विकास निर्माण नगरपालिकाले गरेको पाइन्छ ।

५ वर्षको अवधिमा सैनामैनाका क्षेत्राधिकार भित्र पर्ने मापदण्ड पुरा भएका मार्गहरु कालोपत्रे गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । दिर्घकालिन विकासका लागी सैनामैना नगरपालिकाले नयाँ नगरस्तरीय यातायात गुरुयोजना आज सर्वसम्मत पारित गरेको छ । नगरपालिकाले राजनितिक ,सरोकारवाला,जनप्रतिनिधी,विभिन्न संघसस्थाका प्रतिनिधी र स्थानीयहरु संगको प्रारम्भीक छलफलबाट सो योजना पारीत गरेको होे ।

सैेनामैना भित्र पर्ने साना तथा ठुला सडकहरुलाई चार चरणमा वर्गिकरण गरिएको छ । जस अन्र्तगत ‘क’ वर्गमा पर्ने सडकका चौडा १४ मिटर अर्थात ५० फुट हुनेछ जसमा चक्रपथ पर्दछन् ।त्यस्तै ‘ख’ वर्गका सडक १० मिटर अर्थात ३० फुटका हुनेछ जसमा ५–५ सेट ब्याक रहनेछ जसमा लोकमार्गका मुख्य सडकहरु पर्नेछन,‘ग’ वर्गमा ८ मिटर अर्थात २५ फुट ५–५ सेट ब्याक हुुनेछन्् जसमा भित्रि सडक पर्नेछन र ‘घ’ वर्गमा पर्ने सडक ६ मिटर अर्थात २० फुटका हुनेछन् जसमा भित्र सानाबाटा तथा गल्ली पर्नेछन् । पहिले बनाएको गुरु योजना भन्दा अहिले निर्माण भएको गूरुयोजनामा सडक फराकिला बनाइएको हो ।

सो छलफलले नगर प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा नगरस्तरीय यातायात गुरु योजना समन्वय समिति गठन समेत गरेको छ ।जसमा नगर उपप्रमुख विना राना,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,नापी प्रमुख,योजना प्रमुख,११ वटै वडाका जनप्रतिनिधीहरुको प्रतिनिधीत्व,राजनितिक दलका प्रतिनिधीत्व हुने गरि समिति बनेको नगरपालिकाले जनाएको छ । गठित समितिले केहि दिनमै काम सुरु गर्दैछ ।

सवैभन्दा पहिला नगरपालिका भित्र पर्ने बाटोको अनुगमन गरि कुन बाटोे कुन वर्गीकरणमा पर्दछ भन्ने ट्ुङगो लगाइने सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले बताउनुभएको छ । साथै बर्गिकरण गरेका बाटाहरुलाई नामकरण गरि अवकोे दुई महिना भित्र कार्यान्वयनमा ल्याउने मेयर कार्कीको तर्क रहेको छ । अवका बाटा फराकिला,सुविधाजनक हुने समेत विश्वास मेयरले राख्नुभयो ।
यो गुरुयोजनाले आवगमनमा कुनैे समस्या नआउने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले दावि गर्नुभएको छ । अव बन्ने सडकहरुको क्षेत्राधिकार भित्र पर्ने जग्गामा कुनै अस्थायी संरचना नहुने गरि कार्यान्वयनकाको कामलाई चुस्त बनाइने बताउनुभयो । अव लागुहुने यो गुरुयोजना नगरबासीहरुरका लागी हर्षको विषय रहेको भण्डारीको भनाई रहेको छ ।कार्यक्रम नगरको सभाहलमा भएको हो ।

 
 
  
 

You may also like