पश्चिमी न्यूनचापीय वायूको प्रभावले वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाल देशको पश्चिमि र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलि रहेको छ |

मंसिर ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुई स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य पहाडी भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा र हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात देखि मध्ययम हुने संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।

 
 
  
 

You may also like