बुटबल बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम संचालन सम्बन्धि अन्तरक्रिया

विष्णु घिमिरे

२१ साउन, बुटवल । बुटबल बहुमुखी क्याम्पसले बीबीए कार्यक्रम संचालन सम्बन्धि अन्तरक्रिया गरेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. डिल्लीराज शर्माले बीबीए कार्यक्रम त्रिभुवन विश्वविद्यालयको नियमित कार्यक्रम नभई कलेज आफै स्रोत जुटाएर संचालन गर्नुपर्ने बताए । बीबीए कार्यक्रम संचालन गर्न क्याम्पसको आर्थिक र भौतिक पूर्वाधार विकासमा योजना बनाउनुपर्ने बताए ।

बीबीए कक्षा संचालनको निम्ति विद्यार्थीलाई शिक्षामा क्लालिटी एजुकेशन दिनु जरुरी रहेको उनले बताए । बीबीए कक्षा संचालन गर्नको निम्ति प्रयाप्त मात्रमा अरु विभिन्न विषयका संकायहरु आवश्यक रहेको बताए । बुटवल क्याम्पसमा बीबीए कक्षा संचालनको निम्ति आवश्यक पूर्वाधार रहेको हुनाले यसको लागि व्यवस्थापन संकायले स्वीकृति दिएको उनले बताए ।

उनले यसका लागि दक्ष तथा अनुभवी शिक्षकहरु भएको र पर्यात मात्रमा भवनहरु भएको हुनाले संचालन गर्न स्वीकृत दिएको बताए । कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शशिसरण सुवेदीले बीबीए कार्यक्रम संचालनको निम्ति यसको आवश्यक प्रकृया पूरा गरेको बताए ।

बीबीएको लागि क्याम्पसले मल्टिमिडियासहितका कोठा,पुस्तकलगायत सबै व्यबस्थापन तयार भएको बताए । क्याम्पसले यो कक्षा संचालनको निम्ति आवश्यक प्रक्रिया पूरा गरेर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयमा क्याम्पसले निवेदन पेस गरेको बताए ।

त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकायको बोर्ड बैठकले बुटवल बहुमुखी क्याम्पसमा उपयुक्त रहेको निष्कर्ष निकालेको बताए ।

कार्यक्रममा प्रदेश योजना उपाध्यक्ष डा. इश्वर गौतम, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, नेपाली कांगे्रसका नगर सभापति खेलराज पाण्डे, अनेरास्ववियु बुटवल क्याम्पसका अध्यक्ष भरत अर्याल, रामजी गौतमलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम डा. सूर्य थापाको सन्चालनमा भएको थियो ।

 
 
  
 

You may also like