कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते (सूचनासहित)

काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि पुरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ ।

दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जनाएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउने बोर्डको सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

 
 
  
 

You may also like