सैनामैना रामापुर माविका कृतिमले ल्याए एसईइमा ४ जिपिए

बुटवल।एसईईको नतिजामा रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले जीपीए फाेर ल्याएका छन् । रामापुर माविबाट १८० जनाले एसईई दिएकामा कृतिमले  मात्रै जीपीए ४ नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताए ।

कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।

रुपन्देहीमा अहिलेसम्म  सार्वजनिक भएका अनुसार सामुदायिक विद्यालयतर्फ यो नै पहिलो जीपीए ४ हो ।

 
 
  
 

You may also like