स्कुल बस खाल्डोमा खस्दा कम्तीमा ९ बालबालिकाको मृत्यु , १० जना घाइते

२१ साउन, एजेन्सी । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा ९ बालबालिकाको मृत्यु भएको छ ।

सो घटनामा अन्य १० जना घाइते भएको स्थानीय प्रहरी स्रोतले जनाएको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो ।

एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।

बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ । उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्नु हुदै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

 

 
 
  
 

You may also like