हास्दै र नाच्दै सकियो ह्यापिनेस प्रोग्राम,माघको २० देखि मेघा ह्यापिनेस प्रोग्राम हुने

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । रुपन्देहीको सैनामैनामा गत सोमबार देखि जारि छ दिने ह्याप्पिनेस प्रोग्राम आज सम्पन्न भएको छ । मानव जिवनबाट कसरी नकारात्मक विचारलाई टाढा राख्ने बिषयमा दिईएको छ दिने तालिम आज हास्दै र नाच्दै सम्पन्न भएको हो । `द आर्ट अफ लिभिङ´ बुटवलको आयोजना मंसिर २ गतेबाट सञ्चालन भईरहेको उक्त कार्यक्रममा मानव जीवन अमुल्य रहेको हुँदा कसरी जिउने अर्थात जीवन जिउने अमुल्य कला तालिममा सहभागीलाई ६ दिनको अवधिमा सिकाईएको थियो ।

बर्तमान समयमा मानिस आफ्नै कार्यमा ब्यस्त रहने र कार्य ब्यस्तताका कारण आफ्नो खुसि बिर्सेर सधै कामको तनाबमा रहेको बेला जिवनलाई कसरी उर्जाशिल बनाउने , युवा पुस्ता नकारात्मक बाटो प्रबेश गर्ने भएकोले उनिहरुको मनोविज्ञानलाई मध्यनजर गर्दै नकारात्मक विचार र चिन्तन आउन नदिने खालका ज्ञान कार्यक्रममा सिकाईएको थियोे ।

समाजमा सकारात्मक्ता प्रधान गर्ने उदेश्यले सैनामैना नगरपालिकाको नैतिक तथा आर्थिक सहयोगमा ६ दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा शिक्षक ,विद्यार्थी , ब्यापारी , युवा युवती तथा सामाजिक ब्याक्तित्वहरुको उल्लेखनीय सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी भण्डारीले बताउनुभयो। उँहाले कार्यक्रम अवधिभर द आर्ट अफ लिभिङका स्थानीय भोल्युन्टरहरु कृष्ण गौतम , बिष्णु पाण्डे , झबिन्द्र बस्याल , बुद्धि चौधरी लगायतले सहजिकरण गरेकोमा सम्पूर्णलाई धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षकको भुमिका निभाउनुभएका द आर्ट अफ लिभिङका डायमण्ड टिचर पवन नेपालले आगामी माघ २० गतेदेखि फेरि मेघा ह्यापिनेस प्रोग्राम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा संयोजकको रुपमा रहेका सैनामैना नगरपालिका वडा नं ८ का सदस्य भण्डारीले मेघा ह्यापिनेस प्रोग्राममा सहभागी हुन सम्पूर्ण नगरबासिलाई उपस्थितको लागि अाग्रह गर्नुभयो। अनौपचारिक रुपमा समापन भएको कार्यक्रम सैनामैना ८ रामापुर स्थित सतचिन्तन सामुदायिक प्रतिष्ठानको हलमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like