बुटवल लायन्स तथा लियो क्लबको परिचय,पदस्थापन, सम्मान तथा जन्मोत्सव कार्यक्रम सम्पन्न

by समतल अनलाइन

रुपन्देही। लायन्स क्लब अफ बटौली तथा लियो क्लब अफ बटौलीको संयुक्त आयोजनामा गरिएको कार्यक्रमलाई क्लबका संस्थापक अध्यक्ष लायन बिनित भट्टराई र प्रमुख अतिथि लायन्स डिस्ट्रीक 325 B2 का गभर्नर MJF लायन अनुप कुमार पहाडीले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभयो । शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी पहाडीले बामे सर्दै गरेको यस क्लबले लायन्सको बिश्वब्यापी उद्देश्यलाई अनुसरण गर्दै सामाजिक सेवामा अग्रसर भएकोमा बधाई दिनुभयो । छोरो समयमै उत्कृष्ट काम गरी समाजमा चिनाउन सफल भएको क्लबलाई आगामी दिनमा अझै ब्यवस्थित र अनुशासित ढङ्गले लाग्न नवगठित लायन्स र लियोलाई आग्रह गर्नुभयो। साथै कार्यक्रममा नवगठित सदस्यहरुलाई पद तथा गोपनियता खुवाउदैं प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य गर्दै विशिष्ट अतिथि लायन महेन्द्र नारायण श्रेष्ठले इतिहास बोकेको बुटवलको पुरानो चिनारी बटौलीकोनाम राखेकोमा लायन्स क्लब बटौलीलाई धन्यवाद व्यक्त गर्नुभयो । बिशेषगरी स्वास्थ्यसङ्ग सम्बन्धित कार्यक्रम गरेर समाजलाई थोरै भएपनि रोगमुक्त गराएकोमा संस्थापक अध्यक्ष बिनित भट्टराईलाई बधाई दिनुभयो । सोही अवसरमा क्लबका संस्थापक अध्यक्ष बिनित भट्टराईले क्लबको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्दै क्लबको मुख्य उद्देश्य स्वास्थ्यसङ्ग सम्बन्धित काम गर्ने, डिप्रेसनमा परेकालाई कम गर्ने रहेको बताउनुभयो ।डिप्रेसनमा परेकालाई सहयोग गर्न चाहानेले ९८०२६३७१११ मा फोन गरेर डाक्टरसङ्ग सल्लाह लिन सकिने पनि जनाउनुभयो ।

साथै तिलोत्तमा-१२ तुकतुकिया स्थित सरस्वती आधारभुत बिधालयलाई शैक्षिक सामाग्री बितरण सङ्गै मुटु सम्बन्धि विभिन्न कार्यक्रमहरु गरिसकिएको जानकारी दिनुभयो । अहिलेसम्म आइपुग्दा सबैको न्यानो साथ र सहयोग पाइएको र अबका दिनमा पनि पाइने अपेक्षा सहित सम्पुर्ण आगन्तुकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।त्यस्तै लियो क्लब अफ बटौलीका संस्थापक अध्यक्ष राजन थापाले आफ्नो एक बर्षिय कार्यकालको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी उक्त कार्यक्रममा भर्खरै सम्पन्न रुपन्देही उद्योग संघका नवनिर्वाचित अध्यक्ष बाबुराम बोहरालाई सम्मान गरिएको थियो । सोही अवसरमा बोहराले क्लबले गरेको सम्मान, माया र सद्भाव प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै समाजमा केही गर्न यो सम्मानले प्रेरित गरेको जनाउनुभयो।साथै उक्त कार्यक्रममा प्रमुख अतिथि अनुप कुमार पहाडीको जन्मदिनको अवसरमा केक काटेर जन्मोत्सव मनाइएको थियो । कार्यक्रममा डिस्ट्रीक अध्यक्ष लियो सरोज कँडेल,लायन जाकिर हुसैन, बिनोद खरेल, अर्जुनमान सैंजु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।क्लबका द्वितीय उपाध्यक्ष लायन लोक प्रसाद भण्डारीको स्वागत मन्तव्यसङ्गै सुरु भएको कार्यक्रमको सन्चालन क्लबका प्रथम उपाध्यक्ष लायन बासुदेव शर्माले गर्नुभएको थियो ।

 
 
  
 

You may also like