आफ्नै रोजाइले कृषि मन्त्रालय लिएको हुँ – घनश्याम भुसाल

by समतल अनलाइन

भैरहवा । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आफ्नै रोजाइले कृषि मन्त्रालयको जिम्मेवारी लिएको बताएका छन् ।

शनिबार लुम्बिनी प्रेस क्लबले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा गरेको पत्रकार भेटघाटमा उनले काम गर्नका लागि कृषि उपयुक्त मन्त्रालय भएको बताए । मन्त्री भुसालले सरकारको नीति र कार्यक्रमअनुसारको परिणाम ल्याउनु नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले कृषिको समस्या समाधान गर्नका लागि आफू तप्पर रहेको स्पस्ट पारे ।

मन्त्री भुसालले गुजारामुखी श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै आफ्नो मुख्य चासो रहेको बताए ।

 
 
  
 

You may also like