आजको मौसम : चिसो बढ्दै, बिहान आंशिक बदली

by समतल अनलाइन

काठमाडौं।काठमाडौं उपत्यकासहित देशभर बिहान र बेलुका चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो बढ्दै गएपनि हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ ।

बिहानीपख देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभागमा शुक्रबार दिउँसो आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ६ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमी भू – भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मंसिर ७ गते (शनिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा हुने सक्ने देखिन्छ।

राति: देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ।

मंसिर ८ गते (आइतबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ।

राति: देशका पहाडि भू-भागमा आंशिक बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

 
 
  
 

You may also like