दीप बोर्डिङ हाई स्कूलमा प्राथमिक उपचार तालिम सम्पन्न

२० श्रावण २०७६, सोमबार

२० साउन, बुटवल । युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।

आकस्मिक रूपमा आइपर्ने दुर्घटनामा क्षति न्यूनीकरण गर्न तत्काल दिन सकिने प्राथमिक उपचार सम्बन्धी तालिम दिनका लागि कार्यक्रम आयोजना गरिएको कुरा सह शिक्षक नायक पुरुषोत्तम पाण्डेयले बताए ।

   

आइतबार र सोमबार सञ्चालित तालिममा जुनियर युवा समिति बुटवल उपशाखाकी संयोजक अप्सरा उपाध्याय, मणिग्राम उपशाखाका सदस्य रजनिशचन्द्र गुप्ता र मणिग्राम उप शाखाका सदस्य वासुदेव घिमिरेले ११ विद्यालयबाट उपस्थित २४ जना युवा विद्यार्थीहरूलाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रशिक्षण तथा सहजीकरण प्रदान गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले दीप युवा रेडक्रसले मानवीय सेवा र रेडक्रससँग सम्बन्धित रचनात्मक कार्यक्रम विगतदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेकोमा धन्यवाद दिँदै आगामी दिनमा दीपले अझ बढी रचनात्मक काम गर्ने अपेक्षा गरे ।

त्यसैगरी विद्यालयका प्राचार्य तथा सर्कलका संरक्षक टीकाराम न्यौपानेले आगामी दिनमा पनि विद्यालयले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा बहन गर्ने कुरा बताए ।

जनियर-युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त जोशी, बुटवल उपशाखाका सभापति बेन बहादुर पौडेल र कोषाध्यक्ष दिल बहादुर थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नायक अर्जुन प्रसाद पन्थले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया