आफ्नो कर आफै निर्धारण गर्ने अधिकार करदाता आफैमा प्रथम कर अधिकृत

बुटवल , २० साउन । नेपालको कर नितीले करदाता स्वयंलाई प्रथम कर अधिकृत तोकेको सरोकारवालाहरुले बताएका छन् ।

रुपन्देही ब्यापारसंघले आज बुटवलमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने बक्ताहरुले करदाताले आफ्नो कर आफै निर्धारण गर्ने अधिकार भएकाले करदाता आफैमा कर अधिकृत भएको बताए ।

उनीहरुले राज्यले कर ब्यवसायीलाई दुःख दिनका लागि नभै ब्यवसायलाई पारदर्शी र परिणाम मुखी बनाउन लगाउने गरेको तर्क गरे । भिसिटीएसले ब्यवसायको पारदर्शीता कायम हुने, मुल्य अभिबृद्दी करले करदातालाई स्वयं कर अधिकृत बनाउने, सामाजीक सुरक्षा कोषले श्रमीक र उद्योगी ब्यवसायीका बिच बिश्वासको आधार खडा गर्ने तथा बाणिज्य नितीले राज्यको समृद्दीमा ब्यवसायीको भुमिका प्रत्याभुत गर्ने बताए ।

कार्यक्रममा सहभागि ब्यवसायीहरुले भने राज्यले बिना तयारी भिसिटीएस र सामाजिक सुरक्षा कोषको निती ल्याएर ब्यवसायीहरुलाई अप्ठ्यारोमा पारेको गुनासो गरेका थिए ।

अन्तरक्रियामा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजश्व अनुसन्धान अधिकृत बिजय रानाले भिसिटीएसका बिषयमा, श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख अनन्तराज मरासिनीले सामाजीक सुरक्षा कोषका बिषयमा, बाणिज्य कार्यालयका कार्यालय प्रमुख रुद्र ज्ञवालीले बाणिज्य नितीका बिषयमा तथा आन्तररिक राजश्व कार्यालय बुटवलका कर अधिकृत पबित्रा बन्जाडेले मुल्य अभिबृद्दीकरका बिषयमा राज्यको अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले ब्यवसायीहरु राज्यको कर नितीको बिरुद्ध नरहे पनि राज्यले कर निती बनाउंदा बस्तुगत परिस्थितीको मुल्यांकन गर्नुपर्ने बताए ।

कार्यक्रममा ब्यापारसंघ अन्तरर्गतका रुपन्देहीका १ सय बढी उद्योगी ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like