रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन १२ को जोनल कट्स बुटवलमा हुने

१२ क्लवका २ सय बढि सदस्यको सहभागिता रहने

२० साउन, बुटवल । रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन १२ वर्ष २०१९/२० को जोनल कट्स बुटवल हुने भएको छ । रोट्र्याक्ट क्लब जोन १२ मा रहेका कुल १२ वटा क्लबका अध्यक्ष , सचिव , वोर्ड पदाधिकारीहरु र साधारण सदस्यहरुलाई क्लब भित्रको कार्यशैलि , क्षमता विकास एवं अन्य रोट्र्या्कटमय बिषयमा कुशल प्रशिक्षकहरुबाट प्रशिक्षण दिईनेछ ।

सामाजिक सेवा , व्यक्तित्व विकास, नेतृत्व विकास फाईदा हुने रोट्र्याक्ट क्लबमा १८ देखि ३० वर्ष सम्मका युवाहरु सदस्य रहने गर्छन । रोटरी ईन्टरनेश्नलको सर्भिस पार्टनरको रुपमा रोट्र्याक्ट स्थापित रहेको छ । रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ मा हाल कुल १२६ क्लबहरु १३ जोनमा विभाजित छन् ।

जोन १२ अन्तर्गत रुपन्देहि र दाङका गरि कुल १२ क्लबहरु अन्तर्गत आउदो जोनल यही साउन २५ गते हुने कट्समा २०० भन्दा बढिको सहभागिता रहने जोनल रोट्र्याक्ट रिप्रेसेन्टेटिभ रो. मिलन भण्डारिले जानकारि दिए ।

यहि साउन १८ गते बसेको जोनल मिटिङ मार्फत जोनल कट्स साउन २५ गते गर्ने निर्णय गरेको हो । रोट्र्याक्ट डिस्ट्रिक्टका डि.आर.आर. रो. स्नेहा शाक्यको प्रमुख आतिथ्यतामा सम्मपन्न हुने उक्त कट्समा केन्दका विभिन्न पदाधिकारिहरु एवं अतिथिहरुको उपस्थिति समेत रहने जोन १२ का सचिव रो. कृष्ण भुषालले जानकारि गराए ।

रो. मिलन भण्डारिले कार्यक्रमले जोन १२ को विशेषता झल्काउने हुनाले भव्य र सव्य उपस्थिति र सफल सम्पादनकालागि विभिन्न तह र तप्काबाट सहयोगको अपिल गरेका छन ।

 
 
  
 

You may also like