तिलोत्तमा इन्ष्टिच्यूटमा अभिमुखिकरण

by समतल अनलाइन

बुटवल । मिलनचोक स्थीत तिलोत्तमा इन्ष्टिच्यूटले शनिबार लोक सेवा र बैकिंङ तयारी कक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंक, लोक सेवा अन्तर्गत शाखा अधिकृत, नासु, खरिदार, प्रहरी सेवा तर्फ असइ, जवान साथै सेना तर्फ क्याडेड अफिसर लगायतका क्षेत्रमा कसरी तयारी गर्ने?, ती विषयका परीक्षाहरु कसरी सामना गर्ने?, परीक्षामा लेख्ने शैली लगायत अन्तर्वातामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बरिष्ठ प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

सस्थाका प्रवन्ध निर्देशक नवीन अधिकारीको अध्यक्षता, नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेको प्रमुख अतिथ्यता, नेपाल उड्यय प्राधिकरणका उपप्रवन्धक किशोर आचार्य, लेखक तथा संजीवनी कलेज बुटवलका कार्यकारी प्रमुख दिपक रोका, शाखा अधिकृत श्याम प्रसाद पौडेल लगायत निजामती, बैकिङ, कर्मचारी संचय कोष सेवाका अधिकृतहरुको अतिथ्यता रहेको सो कार्यक्रमको सचालन राजु अर्यालले गरेका थिए । प्रमुख अतिथि डा. पाण्डेले लोकसेवा वा सार्वजनिक सेवाका परीक्षाहरुमा सफलता पाउन अपनाउनुपर्ने टिप्सहरु सिलसिलेवार रुपमा प्रस्तुत गरे ।

करीब एक सय पचास विद्यार्थी सहभागि सो कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशकले सस्थाको संघर्षपूर्ण र सुनौलो इतिहास, प्रतिष्पर्धी र गुणस्तर कायम गर्न सकेको वर्तमान र भावी योजनाहरु पेश गर्दै हिजोका दिनमा पाएको सफलताले आफूलाई अझै उर्जा थपिएको बताए ।

यस सस्थामा अध्ययन गरी शाखा अधिकृत, नासु, खरिदार, असइ, क्याडेड अफिसर, शिक्षक, सस्थान र बैकिङ क्षेत्रमा उत्तिर्ण भई आज सम्मान भएका सबै प्रशिक्षार्थी नै सस्थाको गौरव रहेको समेत उनले बताए ।

 
 
  
 

You may also like