राज्यको नालायकीपनका कारण लुम्बिनीको महत्व स्थापित हुन सकेन : नेकपा नेता भुसाल

by समतल अनलाइन

लुम्बिनी । संघियतामा सञ्चार समृद्दीकालागि मोफसल नै मुलधार भन्ने मुल नाराका साथ रुपन्देहीको लुम्बिनीमा जारी न्युज फेस्टिवल २०७६ मा आज पनि बिभिन्न बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रमको दास्रो दिन आज सहभागि सम्पादक तथा सञ्चारकर्मीहरुको टोलिले कपिलवस्तुको तिलौराकोटको अवलोकन गर्नुका साथै संघियतामा न्यु मिडीया, स्टोरी टेलिङ तथा लुम्बिनी सम्पदा, समृद्दी र समाज बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

आजको कार्यक्रमको तेस्रो सेसनका रुपमा सञ्चालन गरिएको लुम्बिनी सम्पदा, समृद्दि र समाज बिषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले लुम्बिनीको गूरु योजना कार्यान्वयन गर्न ७ गांउ अधिकरण गरिएकाले यसको बिकास गर्न स्थानीयबासीले अग्राधिकार पाउनुपर्ने बताएका थिए । उनीहरुले बिश्वसमाजको आकर्षणको केन्द्र भएर पनि लुम्बिनी पुग्ने बाटो समेत बनाउनमा ढिलाई गर्नु लापरवाहि रहेको बताएकाछन् ।

कार्यक्रममा बोल्दै रुपन्देहीका सांसद तथा नेकपाका नेता घनश्याम भुसाल राज्यको नालायकीपनका कारण लुम्बिनीको महत्व स्थापित हुन नसकेको बताए । माक्र्सबादी बिचारक समेत रहेका भुसालले बुद्धीज्म माक्र्सबाद भन्दा पनि बिशाल रहेको बताए ।

एबिसी मिडीया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले सम्पदाको संरक्षण आशा र आस्थाको जोडले हुन सक्ने बताए । उनले चिनीया राष्ट्रपति नेपाल आउंदा बुद्ध नेपालमा जन्मेको हो भनेर टांसिएका पोष्टर लुम्बिनीमा पनि टांस्नु पर्ने बताए ।

कार्यक्रममा कान्तिपुर दैनीकका सम्पादक सुधिर शर्मा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेतेय अवधेश कुमार त्रीपाठी लगायतले लुम्बिनीको बिकासका लागि राजनिती भन्दा माथि उठेर सोंच्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा कान्तिपुर दैनीकका सम्पादक सुधिर शर्मा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेतेय अवधेश कुमार त्रीपाठी, प्रदेश ५ प्रदेशसभाका सदस्य फकरुद्दीन खान लगायतले लुम्बिनीको बिकासका लागि राजनिती भन्दा माथि उठेर सोंच्न आवश्यक रहेको बताएका थिए । अन्तरक्रियाको सहजिकरण स्तम्भ लेखक चन्द्र किशोरले गरेका थिए ।

 
 
  
 

You may also like