भ्वाईस अफ कञ्चनको उपाधी बुद्ध दिपका अश्विनलाई ,संसारका सबै मानिसलाई लुम्बिनी भित्र्याउन प्रदेश लागिपरेको ढकालको भनाइ

by समतल अनलाइन

शिव अधिकारी

कन्चन  । कञ्चन जेसिजको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा सञ्चालित भ्वाइस अफ कञ्चनको उपाधी बुद्ध दिप बोर्डिङले हात पारेको छ। ब्याक्तिको पहिचानल , उसको अन्तरनिहित प्रतिभाले निर्धारण गर्दछ भन्ने उद्देश्यले कार्तिक २१ गते देखि कञ्चन गाँउपालिकामा रहेका विद्यालयमा सञ्चालीत कार्यक्रमको उपाधी बुद्ध दिपले हात पारेको हो । “भर्मण बर्षको शान नेपालको पहिचान” भन्ने शिर्षकमा भएको भ्वाइस अफ कञ्चन प्रतियोगिता गाँउपालिकामा रहेका ३१ वटा विद्यालयबाट छनोट भएका १४ जना प्रतिस्पर्धीमा प्रतिस्पर्धा भएको थियो । जसबाट बुद्ध दिप बोर्डिङका अश्विन पौडेल प्रथम , लुम्बिनी ज्ञान निकेतन मा.वि कि अस्मिता सापकोटा द्वतिय र हरैया मा.वि का हिमाल सापकोटा तृतीय भएका हुन्। प्रथम हुन सफल अश्विनले ९ हजार नगद , मेडल र प्रमाणपत्र , द्वितीय अस्मिताले ७ हजार नगद , मेडल र प्रमाणपत्र , तृतीय हिमालले ५ हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

प्रतियोगितामा भर्मण बर्ष २०२० लाई सफल पार्नुपर्ने बिषयमा जोड दिएका थिएका सहभागी विद्यार्थीले प्रयटन बर्ष सफल बनाउन नागरिकको

महत्त्वपूर्ण भुमिका रहेको बताउँदै पर्यटन बर्ष सफल बनाउन नागरिकले पर्यटकसँग अभद्र ब्यवहार गर्न नहुने कुरा प्रष्टाएका थिए ।

कार्यक्रमको आकर्ण बिन्दु समेत रहेका प्रदेश नं ५ `क´ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा प्रदेश नं ५ का प्रमुख सचेतक भुमिश्वर ढकाल द्वारा ब्यानर पढेर उद्घाटन गरिएको भ्वाइस अफ कञ्चनमा प्रतिस्पर्धि भाईबहिनिहरुले जेसिजको गितमा नृत्यगरि स्वागत गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य राख्दै कञ्चन जेसिजका कानुनी सल्लाहकार तथा कार्यक्रम संयोजक बाबुराम पौडेलले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रफुटन गर्ने उद्देश्यले कार्यक्रम गरेको जानकारी गराउनुभएको थियो । यस्तै कार्यक्रममा कञ्चन जेसिज बर्ष २०१९ का उपाध्यक्ष मोहराज पौडेलले जेसिज आस्था पाठ गर्नुभएको थियो ।

शनिबार कञ्चन जेसिजका अध्यक्ष चुडामणिा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय भुमिश्वर ढकालले प्रदेश नं ५ सरकारले भ्रमण बर्ष २०२० सफल बनाउन लागिपरेको बताउँदै संसारका सबै मानिसलाई लुम्बिनी भित्र्याउन प्रदेश लागिपरेको बताउँनुभयो । उँहाले कार्यक्रममा बोल्दै भ्वाइस अफ कञ्चन जस्तो कार्यक्रम गरेकोमा कञ्चन जेसिजलाई सराहना प्रकट गर्नुभएको हो ।

यस्तै कार्यक्रममा बिशिष्ठ अतिथि रहनुभएका नेपाल जेसिजका उपाध्यक्ष अर्जुन अधिकारीले कार्यक्रमले विद्यार्थीको क्षमता अभिबृद्धि गरेको बताउँदै प्रतिस्पर्धी विद्यार्थीको क्षमता अभिबृद्धि कार्यक्रम गरेकोमा कञ्चन जेसिजको सराहना ब्यक्त गर्दै भ्वाइस अफ कञ्चन हुन सफल अश्विनलाई जेसिज ट्याग प्रधान गर्नुभएको थियो ।
कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री , गाउँपालिका उपाध्यक्ष गोमा तरामु , सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष बिमल ज्ञवाली , सैनामैना जेसिज बर्ष २0१९ का अध्यक्ष सुवास पौडेल लगायतको उपस्थित रहेको कार्यक्रममा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका सहायक प्राध्यापक धनी प्रसाद शर्मा तथा बरिस्ठ पत्रकार तथा साहित्यकार ऋषिराम न्यौपाने निर्णायकको भुमिका सम्हाल्नुभएको थियो । कार्यक्रम कञ्चन जेसिज बर्ष २०१९ का महासचिव राजन शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like