मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

by समतल अनलाइन

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला सम्बन्धी थप उपचारका लागि आज शनिवार ग्रान्डी अस्पताल पुगेका छन् ।

आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्री ओलीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई समेत जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि शनिबार अस्पताल बोलाएको थियो ।

कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहँदै आएका छन् ।

शनिबार उनको नियमित जाँच समेत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थिति बनाएका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरूसँग परामर्श समेत लिइरहेका छन् ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आएका छन् ।

उपचारका क्रममा उनले गत साउनमा र भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए ।

 
 
  
 

You may also like