रोटरी सैनामैनाद्धारा शैक्षिक सामाग्री वितरण सुरु

by समतल अनलाइन

सैनामैना । नेपालमा रहेका विभिन्न रोटरी क्लवहरुले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर विभिन्न कार्यहरु संचालन गरेका छन् ।
रुपन्देहीको सैनामैनामा रहेको रोटरी क्लव अफ सैनामैनाले विभिन्न सामाजिक कार्यहरु अन्र्तगत शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर विद्यालयमा स्टेशनरी सामाग्री हस्तान्तरण कार्य सुरु गरेको छ ।

रोटरी सैनामैनाले विगतका वर्षमा जस्तै यस वर्ष पनि सैनामैना र कन्चनमा स्टेशनरी सामाग्री हस्तान्तरण कार्य सुरु गरेको हो ।
बिहीबार पहिलो दिन सैनामैना ५ बुद्धनगरमा रहेको मलमला माध्यामिक विद्यालयमा ३० जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको क्लवका अध्यक्ष प्रेम कुमार शर्मा सागरले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कक्षा १ देखी ६ सम्म अध्ययनरत ३० जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री हस्तारन्तरण गरिएको हो । स्टेशनरी सामाग्री अन्र्तगत झोला,कापी,पेन ,रेर्कड फाईल र खेलकुदका लागि भलिबल लगायत रहेका छन् ।
सो अवसरमा बोल्दै रोटरी क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नै रोटरीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आत्मसात गरेर कार्यहरु गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर क्लवले सामाजिक उत्तरदायित्व समेत बहन गरेको बताउनुभयो । साथै विद्यार्थीहरुको अध्ययनका लागि थप हौसला र प्रेरणा समेत मिलेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदमपाणी चापागाईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न यस किसिमको सहयोगले टेवा पुर्याउने बताउनुभयो ।
यसैगरी शुक्रबार सैनामैना ९ बाँसगढीमा रहेको जनचेतना मावि,आईतबार कन्चन गाउँपालिकामा रहेको गौतम बुद्ध आधारभुत माविमा शैक्षिक सामाग्री हस्तान्तरण गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक रामप्रकाश गौतमले जानकारी दिनुभयो ।

कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्मा सागरको अध्यक्षता,रोटरी सैनामैनाका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलको प्रमुख आतिथ्यता, वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटा, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदमपाण्ी चापागाईको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम सहसंयोजक दिनेश पन्थीको स्वागत,प्रेसिडेन्ट ईलेक्ट दुर्गा गौतमको धन्यवाद ज्ञापन तथा सचिव अशोक रानाको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक शिक्षिका, रोटरी पदाधिकारीहरु,रोट्रयाक्टहरु, अभिभावक र विद्यार्थीहरुको सहभागिता थियो ।

 
 
  
 

You may also like