मोटरसाइकल दुर्घटना हुुदाँ ३ जना घाइते

by समतल अनलाइन

सैनामैना ।  रुपन्देहीकोे सैनामैनामा २ मोटरसाइकल र एक स्कुटि एक आपसमा ठोक्कीदाँ सवार ३ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न।२ कालिकाचोक नजिक आज दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए । बुटवल बाट अर्घाखाची जादै गरेको लु ३५ प ४५९५ नम्बरको मोटरसाइकल,रोड क्रस गर्न लागेको लु ४९ प४५९५ नम्बरको स्कुटि र सालझण्डी बाट बुटवल तर्फ जादै गरेको ज ४ प ५०६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सैनामैना निवासी वर्ष ५०का स्कुटि चालक लाल बहादुर खत्रि,तिलोत्तममा बस्ने मोटरसाइकल चालक वर्ष २८का विजय दंगोरिया,सवार धनमाया दंगोरिया रहेको रन्यौरा प्रहरीले जानकारी दिएको छ ।घाइते सवैलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

 
 
  
 

You may also like